साहुको फोटो देखाउँदै माइतीघरमा धर्ना
किर्ते तमसुक बनाएर सम्पत्ति हडप्ने साहुमाथि कानुनी कारवाहीको माग गर्दै मीटरब्याज पीडितहरू धर्नामा बसेका छन् ।
सिरहाको लहान नगरपालिका–३ की सीताकुमारी यादव र वडा नम्बर ७ का श्याम विश्वकर्माले आज माइतीघर मण्डलामा धर्ना दिएका हुन् । मीटरब्याजी साहु स्थानीय रामलोचन गुप्ता र राजकुमार महतोले आफूहरुको सम्पत्ति हड्पेको उनीहरुको गुनासो छ ।
साहुको फोटोसहितको ब्यानर समातेर शान्तिपूर्ण धर्ना दिइरहेका उनीहरुले आफ्नो माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।