आसन फेरेसँगै सरकारप्रति उपेन्द्रको चर्को आक्रोश
भूमाफियालाई जग्गा बाँड्न बन फँडानी गर्नेगरी सरकारले कानुन ल्याउने तयारी गरेको भन्दै जनता समाजवादी पार्टी, नेपालले आपत्ति जनाएको छ ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टी अध्यक्ष तथा सांसद उपेन्द्र यादवले बन बिनास गर्ने त्यस्तो कानुन आफूहरुलाई स्वीकार्य नहुने बताए । ‘एकातर्फ सरकारले सगरमाथा संवाद सम्पन्न गरेको छ । अर्कोतर्फ वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्नेगरी, वन बिनास गर्नेगरी कानून पनि ल्याउँदैछ । यो कस्तो नीति हामी अंगाल्दैछौं’, उनले प्रश्न …