५ लालाबालाकी आमाले गरिन् ५ लालाबालाका पितासँग प्रेम विवाह

५ लालाबालाकी आमाले गरिन् ५ लालाबालाका पितासँग प्रेम विवाह

भनिन्छ नि प्रेम अन्धो हुन्छ । प्रेमको गहिराइमा डुबिसकेपछि व्यक्तिले सही–गलत सबैथोक बिर्सिन्छ । तर, हिजोका प्रेमीको निम्ति महिलाले आफ्नो पाँच वटा बालबच्चा त्यागिन् भनेर सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

भारतमा एउटी महिलाले आफ्ना श्रीमान र पाँच बालबच्चालाई छाडेर पहिलेका प्रेमीसँग प्रेम विवाह गरेकी छन् । उनी पाँच वटै बच्चाको बुवासँग विवाह बन्धनमा बाँधिएकी हुन् । हरियाणाकी महिलाले आफ्नो पहिलो श्रीमानसँग १५ वर्षको वैवाहिक सम्बन्ध तोडेर अलवरका पुरुषसँग विवाह गरेकी हुन् ।

आमाले आफूहरुलाई अलवर बाल संरक्षण आयोगमा छाडेर निस्किँदा ती अवोध बालबालिका चिच्याएर रोएका थिए । तर प्रेममा अन्धो भएकी ती आमाको मन पग्लिएन । किनभने महिलाले तीन महिनाअघि नै जयपुरमा विवाह गरिसकेकी थिइन् ।

उनले यसअघि नै आफ्ना चार वटा बालबच्चालाई आयोगमा छाड्न खोजेकी थिइन् । तर,प्रहरीले उनलाई साना बालबालिका नछाड्न सम्झाइबुझाइ गरेर पठाएका थिए । तर अहिले जसरी पनि बालबालिका छाडेर जाने हठ लिएपछि प्रहरीले ती बालबालिकालाई आयोगमा बस्ने र खाने व्यवस्था गरिदिएको हो । उनका जेठा छोरा मजदुरी गर्छन् ।

प्रहरीकाअनुसार महिलाले आफ्नो पहिलो श्रीमान छाड्नुको प्रमुख कारणका रुपमा उसको आनीबानीलाई दोष दिएकी छन् । पेशाले ड्राइभर उनका श्रीमानले सँधै रक्सी पिउने,घर र परिवारको कहिल्यै ख्याल नगर्ने भएपछि बाध्य भएर छाड्नुपरेको उनको प्रतिक्रिया छ ।

यता, उनका नयाँ श्रीमान पनि मजदूरी नै गर्छन् । मजदुरीका लागि विभिन्न शहर गइरहने क्रममा ती पुरुषको उनीसँग भेट भएको हो । विस्तारै प्रेममा परेपछि उनीहरुले विवाह गरेका हुन् । पुरुषले आफू दुवै श्रीमतीसँग मिलेर बस्ने बताएका छन् ।

टिप्पणीहरू