हत्यारा साहलाई मेरो समर्थन छैन : पटेल
रौतहट ,२७ असोज । गठबन्धनबाट रौतहट क्षेत्रनं ३ बाट संघिय संसदको उम्मेदवार बनेका धिरज पटेलले आफुले प्रभु साहलाई नसघाउने बताएकाछन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य वाहिद अन्सारीले आफ्नो फेसबुक वालमा गठबन्धनले प्रभु साहलाई सघाउने र माओवादी केन्द्रबाट उम्मेदवार बनेका पटेललाई उम्मेदवारी फिर्ता लिन लगाउने कुरा सार्वजनिक गरेका थिए । तर यो कुरा समाजिक संजालमा आउना साथ सत्ता गठबन्धनका उम्मेदवार पटेलले आफ्नो उम्मेदवारी कायम रहेको जनाएकाछन् । उनले संचारकर्मीसंग प्रतिक्रिया दिदै काशी तिवारी ,सुनिल यादव ,उपेन्द्र दास बैरागी हत्यामा आरोपित प्रभु साहलाई आफुले समर्थन गर्न नसक्ने बताए ।
गठबन्धनका उम्मेदवार रहेका पटेलले पार्टीका केही नेता प्रभु साहको रकमी चलखेलमा लागेर आफुलाई सक्ने अभियान थालेको गुनासो गरेकाछन् । रौतहटका माओवादीका केही नेता रकमी चलखेलमा लागेर मेरो उम्मेदवारी फिर्ता लिएको हल्ला फिजाउन लागेकाले त्यस्ता कुराको पछि नलाग्न पटेलले आग्रह गरेकाछन् ।
म सत्ता गठबन्धनका तर्फबाट आधिकारी उम्मेदवार रहेको र कसैको भ्रममा नपरी मतदाता गर्न पटेलले आग्रह गरेकाछन् । म ईमान्दार मान्छे र ईमान्दार पार्टीको सिपाही भएका कारण हत्यारालाई कुनैपनि हालतमा मेरो समर्थन रहदैन पटेलले भने ।
टिप्पणीहरू