मनोरञ्जन

नेपाल आइडलमा अब नयाँ जज

चर्चित टेलिभिजन रियालिटी शो “नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा रुपमा संगीतकार तथा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तानलाई नियुक्त गरिएको छ । नेपाल आइडलमा निर्णायकको रुपमा प्रस्तुत हुने सपना पूरा भएको भन्दै संगीतकार बाँस्कोटाले खुशी प्रकट गरे । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छ…