‘राधा’ ले शो नपाएपछि प्रदर्शन ‘क्यान्सल’
हलवालाले पर्याप्त शो नदिएको भन्दै ‘राधा’ फिल्म देशभरका सिनेमा हलबाट उतारिएको छ । निर्माण पक्षले आज पत्रकार सम्मेलन गरी देशभरका हालबाट सिनेमा निकालिएको जानकारी गराएको हो ।
कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘राधा’ भदौ १० गते देखि प्रदर्शनमा आएको थियो । तर, सिनेमा हलहरूले राधालाई प्राइम टाइम र पर्याप्त शो नदिएको निर्माण पक्षको आरोप छ । शो बाँडफाँटमा विभेद र अन्याय भएकोले हलमा लगाई राख्नु उचित नठानेर सिनेमालाई रोक्ने निर्णय लिएको बताइएको छ ।
निर्…