आशिकाको गीत : ‘कत्रो भ्यू टावर उभिएको मकैबारीमा’
आफूलाई समाजिक अभियन्ता दावी गर्दै आएकी आशिका तामाङ ‘मकैबारी’को गीत गाएर एकपटक फेरि चर्चामा आएकी छन् । झण्डै तीन हप्ता प्रहरीको हिरासतमा बसेपछि अभिव्यक्ति र प्रस्तुतीमा सामान्य सुधार ल्याएकी उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्न छाडेकी छैनन् ।
हालै झापाको दमक पुगेकी आशिकाले मुलुककै अग्लो दावी गरिएको भ्यू टावरलाई पृष्ठभूमिमा राखेर एउटा व्यंगात्मक गीत गाएकी छन् । उनी सुनाउँछिन्,
मकैबारीमा हो मकैबारीमा
खेतको नालीमा हो खेतको नालीमा
सुकु…