शहरभित्र

पानी र सडक

आजभोलि काठमाडौंका चारैतिर धुलैधुलो मात्र छ । कारण के त भने मेलम्चीको पाइप । मेलम्चीको पाइप बिछ्याउन बाटो खनियो । खनेको बाटोबाट धुलो निस्कियो । धुलो पनि यस्तो कि हटाउनै नसकिने । यही अवस्थामा हालै एउटा समाचार आएको छ कि काठमाडौं महानगरपालिकाले धुलो हटाउन रातिराति ट्यांकर ल्याएर सडक सफा गर्दैछ रे ! सायद हो पनि होला । राति गरिएको काम, हामीलाई त थाहा छैन । सायद गर्दो पनि होला । यो सडक सफा गर्ने कामको नामबाट याद आयो । धेरै वर्षपहिले नेपालमा कृष्णप्रसाद भट्टराई भन्ने एक…