शहरभित्र

दस्तावेजको भाइरलीकरण

जतिखेर संसारभरि सुश्री कुसुम श्रेष्ठको फोटो भाइरल हुँदै थियो त्यतिखेर नेपालमा भने एउटा फोटोकपी भाइरल भइरहेको थियो । संविधान संशोधनको लागि तयार गरिएको दस्तावेज भन्दै उक्त फोटोकपीलाई भाइरल बनाइएको थियो । मिडियाको बजारमा दुवै उत्तिकै चर्चित भए । फरक यति मात्रै थियो– कुसुम श्रेष्ठको फोटो थियो, दस्तावेज फोटोकपी थियो । कुसुम सोसल मिडियामा भाइरल भइन्, दस्तावेज मासमिडियामा भाइरल भयो । कुसुमको फोटो मैले निकालेको भन्ने मान्छे अगाडि आए, दस्तावेजको फोटोकपी मैले बनाएको …