शहरभित्र

छाताको कुरा

राजपाले चुनाव लडे पनि छाता चिह्नचाहिँ नपाउने भएको छ । वास्तवमा राजपाले चुनावै लड्न नचाहेको चाहिँ होइन । तर, छाता चिह्न नपाइने भएकाले जाँगर मर्दै गएको हो । चुनावमा आए पनि छाता चिह्नचाहिँ नदिने भनिएकोमा राजपा आक्रोशित बनेको छ । आफूलाई जाबो एउटा चुनाव चिह्न त नदिने यो राज्यले छुट्टै मधेस प्रदेश झन् के देला र ? यसैमा राजपालाई झनै रिस उठेको छ । राजपाका एक विशिष्ट नेताज्यूसँग यसबारे कुरा भएको थियो । उहाँले भन्नुभयो, ‘अब यो राज्यप्रति हाम्रो कुनै विश्वास रहेन । हाम…