शहरभित्र

​भ्रष्टाचारीको पक्षमा

भ्रष्टाचारीलाई पनि चुनाव लड्न दिने कि नदिने भन्ने विवादका कारण निर्वाचनसम्बन्धी एउटा कानुन संसद्मै अड्केको छ । नजिक आइरहेको चुनावमा भ्रष्टाचारीलाई लड्न नदिने व्यवस्था थियो । अब त्यो खारेज गर्नुप¥यो भन्ने माग उठिरहेको छ । माग उठाउने पनि अरू कोही होइन, स्वयं कांग्रेस । कांग्रेसको स्पष्ट माग छ, भ्रष्टाचारी भन्दैमा कसैलाई भेदभाव गर्न पाइँदैन । लोकतन्त्रमा सबै बराबर हुन्छ । कांग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाले एकपटक भन्नुभएको थियो– प्रजातन्त्रमा सबैको जित हुन्छ ।<br …