शहरभित्र

सरकार र व्यापारी

सरकारले भनेको कुरा नटेर्ने त हाम्रो रोगै छ । सरकारले कुनै निर्देशन दिन्छ तर त्यो कसैले पालना गर्दैन । सरकारले कुनै निर्णय गर्छ तर त्यो कहीं पनि कार्यान्वयन हुँदैन । आखिर गरेको मान्ने र भनेको टेर्ने त कोही पनि नहुँदा रहेछन् । देश बिग्रेको त्यही कारणले हो । तर, त्यसो हुँदाहुँदै पनि सरकारले भन्नेबित्तिकै मानिहाल्ने एउटा ठूलो समूह पनि यो देशमा छ । त्यो हो व्यापारीको समूह । जस्तो कि अस्ति आएको बजेट हेर्नोस् । सरकारले बजेटमार्फत केही सामानको भाउ बढाउने निर्णय ग¥यो । निर्णय हु…