म पनि जान्छु हेग

मान्छेलाई काठमाडौंमा टिक्न गा¥हो छ । त्यसमाथि कलाकार भएर टिक्न त झनै मुश्किल । एक जना भतिज छन्, फिल्म लाइनमा लागेको बाह्र वर्ष भइसक्यो, आजसम्म टिक्न सकेको हैन । न उनी टिक्न सके, न उनको फिल्म । यो क्षेत्रमा उनी हिरो नै बन्छु भनेर आएका थिए । तर आजसम्म हिरोको साथीसम्म पनि बन्न पाएका छैनन् । 

जति गर्दा पनि केही हुन नसकेपछि भतिजले अस्ति मलाई भने, ‘काका, काठमाडौंमा त हिरो भएर खान सकिएला जस्तो छैन । म पनि अब हेग नै जान्छु ।’

‘हेग ? त्यहाँ किन ?’ मैले सोधेँ । 

‘हेग पुगेपछि त छिट्टै हिरो हुन पाइने रहेछ नि । त्यसैले म पनि हेगै जान्छु ।’ भतिजले आफ्नो योजना सुनाए ।

‘हेगमा हिरो हुन पाइन्छ भनेर कसले भन्यो नि तिमीलाई ?’ मैले हप्काएँ ।

‘भन्नै पर्दैन नि, पत्रिकामा आइरहेको हेर्नुभएन काकाले ?,’ भतिजले भने, ‘कस्ता कस्ता बूढाखाडाहरू त हेग गएर हिरो बन्छु भनिरहेका छन् भने म मात्र किन हिरो बन्न सक्दिन ?

भतिजको योजना सुनेर म अवाक् भएँ । अरु त के हुन सक्नु र ?

टिप्पणीहरू