​सगरमाथाको जाम

मोटरसाइकलबाट हतारमा जाँदै थिएँ, बाटोमा जाम परिहाल्यो । त्यसो त अहिले काठमाडौंको अर्को नाम भनेकै ‘जाम’ भइसकेको छ । यदि कहीं जाँदा बाटोमा जाम भएन भने त्यो काठमाडौंको सडकै होइन कि जस्तो लाग्छ । अस्ति पनि त्यस्तै भयो । जाममा परिहालियो । सँगै एकजना ट्राफिक थिए । उनैलाई सोधेँ, ‘ट्राफिक भाइ, यो केको जाम हो ?’

ट्राफिकले भन्यो, ‘खोइ अंकल, केको जाम हो थाहै छैन । त्यसै जाम भइरहन्छ ।’

‘हैन यो ट्राफिकले यति जाबो जाम पनि कन्ट्रोल गर्न नसक्या किन होला हँ ?’

‘ट्राफिकलाई दोष नदिनोस् न अंकल । जाम त अचेल जहाँ पनि हुन्छ ।’

‘जहाँ पनि भनेको कहाँ ? त्यसै हचुवा कुरा नगर्नोस् न भाइ ।’

‘अस्ति सगरमाथामा जाम परेको समाचार पढ्नुभएन तपाइँले ? कत्रो जाम प¥यो त्यहाँ । तपाइँ त भाग्यमानी भन्नोस् न यस्तो सडकको जाममा पर्नुभएछ । सगरमाथाको जाममा परेको भए दिसापिसाब च्यापिएर त्यहीं मर्न पनि के बेर ? तैपनि दश जना त जाममै परेर मरेछन् !’

मैले खुइøय सास फेरेँ । धन्य त धन्न नै हुँ । सगरमाथाको जाममा त परिन नि । परेको भए ?

टिप्पणीहरू