​को हो यो राजेन्द्र महतो ?

सरकारले आठ नेपालीको नागरिकता रद्द गरेको छ । त्यसमध्ये एक जना राजेन्द्र महतो पनि हुन् । राजेन्द्र महतोको नागरिकता रद्द गरियो भनेपछि राजेन्द्र महतो आक्रोशित हुने नै भए । संसदमै प्रश्न उठाए— यो नागरिकता रद्द हुने राजेन्द्र महतो को हो ?

राजेन्द्र महतोको नागरिकता रद्द भएको छ । तर राजेन्द्र महतो नै प्रश्न गरिरहेका छन् कि यो राजेन्द्र महतो को हो ?यसबाट थाहा हुन्छ कि देशमा दुइटा राजेन्द्र महतो रहेछन् । एउटा नागरिकता रद्द भएको राजेन्द्र महतो । अर्को नागरिकता रद्द नभएको राजेन्द्र महतो । होइन भने राजेन्द्र महतोले राजेन्द्र महतो को हो भनेर किन सोध्थे ? आफैले आफू को हो भनेर सोध्ने त प्रश्नै आएन । आफू को हो भन्ने कुरा आफैलाई थाहा नभए मात्रै यस्तो प्रश्न सोध्ने हो । नभए त यो प्रश्नै अनौठो छ । तर अनौठो भए पनि के गर्ने ? राजेन्द्र महतो को हो भनेर स्वयं राजेन्द्र महतो नै सोधिरहेका छन् । 

के साँच्चै राजेन्द्र महतो को हो भन्ने कुरा राजेन्द्र महतोलाई अझै थाहा नभएकै हो ?

टिप्पणीहरू