खुस प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा केही समयदेखि राष्ट्रपति कार्यालय धाइरहनुभएको छ । कहिले एक्लै जानुहुन्छ । कहिले पार्टीका अरू नेता लिएर जानुहुन्छ । यतिबेला उहाँ सिंहदरबारभन्दा पनि शीतल निवास नै बढी जानुहुन्छ कि जस्तो लागिरहेको छ ।

बाहिर त यही भनिन्छ कि उहाँ शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष एउटै आग्रह गरिरहनुभएको छ, अध्यादेश छिट्टै जारी गरिदिनुप¥यो । अध्यादेश सकभर छिटो जारी गराउन नै उहाँ राष्ट्रपति भवन पुगिरहनुभएको भन्ने भनाइ छ । तर, यथार्थमा उहाँ अध्यादेश छिटो जारी गराउन उता जानुभएको होइन कि जस्तो लाग्छ । लाग्छ, उहाँ अध्यादेश जारी गराउन होइन, नगराउन राष्ट्रपति भवन पुगिरहनुभएको छ ।

राष्ट्रपतिले अध्यादेश जारी नगरेकाले उहाँ दुःखीभन्दा पनि खुशी बढी हुनुभएजस्तो लाग्छ । मनमनै यो पनि सोचिरहनुभएको हुनुपर्छ, राष्ट्रपतिले पूरा पाँचै वर्ष अध्यादेश जारी नगरे कसो होला ? 

टिप्पणीहरू