हात हुनेले मात्र खेल्ने हो र टेबुल टेनिस ?
प्रख्यात नेपाली उखान ‘जहाँ समस्या त्यहाँ उपाय’,‘असम्भव भन्ने केही पनि छैन’ र ‘खाने मुखलाई जुँगाले छेक्दैन’ लाई इजिप्टका एक जना नागरिकले चरितार्थ गरेका छन् । जापानको राजधानी टोकियोमा जारी फरक क्षमता भएकाहरुको विश्व कुम्भमेला पाराओलम्पिकमा इब्राहिम हमाद्त्तोलाई हेरेर सबैले त्यहि लख काटेका हुन् ।
मुखले टेबुल टेनिसको र्याकेट समातेर दुबै हात नभएका इब्राहिमले टोकियोमा सबैको मन जितेका थिए । उनको खेल हेर्ने विश्वका सबैले जीब्रो टोकेका छन् । उनी पाराओलम्पिक टोकियो २०२० मा पदक जित्…