अर्काको नाममा जाँच दिएका दुई जना प्रहरी फन्दामा

अर्काको नाममा जाँच दिएका दुई जना प्रहरी फन्दामा

मकवानपुरमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । लोकसेवा र सवारी चालक अनुमती पत्रको परीक्षा दिएका उनीहरुलाई हिजो प्रहरीले पक्रेको हो ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित एउटा विद्यालयमा सञ्चालन भएको प्रशासन, लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिएका दिपेन्द्र प्रसाद बस्ताकोटी पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–२ घर भएका ४२ वर्षीय बस्ताकोटीले अभय कुमार यादवको नाममा जाँच दिएका थिए ।

यादव महोत्तरी जिल्लाका हुन् । प्रहरीले बास्ताकोटीको साथबाट ५८ हजार ५ सय नगद र विभिन्न व्यक्तिको चार थान नागरिकता पनि बरामद गरेको छ ।

यसैगरी, हेटौंडा–११ स्थित यातायात व्यवस्था कार्यालयले लिएको मोटरसाइकलको लाइसेन्स परीक्षामा अर्काको नाममा जाँच दिने सन्तोष गौतम पनि समातिएका छन् । बकैया गाउँपालिका–७ का २० वर्षीय गौतमले टुकनाथ गौतमको नाममा परीक्षा दिएका हुन् ।

टिप्पणीहरू