विद्याको मन्दिर चलाउने र पढाउने नै घुस्याहा भएपछि…
महोत्तरीको श्री माध्यमिक विद्यालय एकडाराका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ परेका छन् । जलेश्वर नगरपालिका २ टाउन प्लानिङस्थित एउटा रेस्टुरेन्टबाट अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डल समातिएका हुन् ।
उनीहरुलाई हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पासवान र मण्डलले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।
टिप्पणीहरू