भन्सार छलिएको पाँच सय बोरा मकै बरामद
आज मोरङमा प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको पाँच सय बोरा मकै पक्रेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अन्य सामानसमेत गरि झण्डै २६ लाख रुपैयाँको सामान समातेको हो ।
प्रहरीले केसलिया रोडबाट ना.४ख १६७८ नम्बरको ट्रकमा अन्दाजी २४ लाख मूल्य बराबरको पाँच सय बोरा मकै र अन्दाजी एक लाख ९४ हजार मूल्य बराबरका विभिन्न लत्ता कपडाहरू सवारी साधनसहित पक्रेको हो । बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टिप्पणीहरू