एक महिनाअघि मान्छे मारेका तीन जनालाई जिल्ला अदालतमा उभ्याइयो
एक महिनाअघि चितवनको भरतपुरमा एक जनाको हत्या गरेका तीन जनालाई प्रहरीले अदातलको म्याद थपपछि हिरासतमा राखेर थप अनुसन्धान थालेको छ ।
उनीहरुले गत वैशाख २५ गते साँझ भरतपुर महानगरपालिका ७ कृष्णपुरस्थित पंचेश्वर नगर प्लटिङ्गको पिच सडकमा मोटरसाइकलमा आएका व्यक्तिहरूले काने भन्ने अनिल परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । मृतकको आफन्तबाट परेको किटानी जाहेरी दरखास्तपछि तीन जनालाई प्रहरीले समातेको हो ।
उनीहरुलाई अस्ति पक्राउ गरेर हिजो चितवन जिल्ला अदालतमा पेश गरेपछि प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपिएको हो ।
प्रहरीले भरतपुर महनागरपालिका १५ बस्ने वर्ष ३५ का विश्व भन्ने हेमन्त बास्तोलालाई काठमाडौंबाट, भरतपुर महनागरपालिका १२ बस्ने वर्ष २३ का राहुल परियार र माडी नगरपालिका घर भई भरतपुर १५ मा डेरा गरी बस्ने वर्ष २५ को रोहित सिलवाललाई चितवनबाट पक्राउ गरिएको जानकारी दिएको छ ।
टिप्पणीहरू