चितवनमा भन्सार छलेर ल्याइएको झण्डै करोडको सामान जफत
भन्सार छलेर ल्याइएको झण्डै एक करोडको सामान चितवनमा फेला परेको छ । प्रहरीले ७७ लाख छ हजार आठसय ७५ रुपैंयाको कपडा बरामद गरेको हो ।
भरतपुर महानगरपालिका–१ स्थित बालकुमारी चोकबाट भन्सार छलेर ल्याइएको कपडासहित प्रहरीले ट्रक बरामद गरेको छ ।
हिजो बिहान ९ बजेतिर लु. १ ख ९५४५ नम्बरको ट्रकसहित एक करोड २२ लाख छ हजार आठ सय ७५ रुपैयाँको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
आवश्यक कारबाहीका लागि बरामद सामान र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको छ ।
टिप्पणीहरू