वाटरलू युद्धको २ सय सातौँ वार्षिकोत्सव

वाटरलू युद्धको २ सय सातौँ वार्षिकोत्सव

बेल्जियमले वाटरलू युद्धको २०७ औँ वार्षिकोत्सव मनाएको छ । सो क्रममा युद्धको झाँकी तथा युद्धको झझल्को दिन तयार पारिएका कार्यक्रम प्रदर्शनमा दुई हजारभन्दा बढी प्रवर्तक, सैनिकका साथै घोडा र अन्यको सहभागिता थियो ।

उक्त युद्धमा युरोपबाट करिब एक लाख ८० हजार पुरुषले भाग लिएका थिए । नेपोलियन बोनापार्टले नेतृत्व गरेको सेनासँग हजारौं बेलायती र सहयोगी सेनाहरूले ज्यान गुमाएकाले पनि वाटरलू युद्ध इतिहासमा निकै चर्चित छ ।

टिप्पणीहरू