अस्ताउँदो सूर्यलाई अर्घ (फोटोफिचर)
छठ पर्वको मुख्य दिन आज व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाएका छन् । काठमाडौंको विभिन्न स्थानमा निर्माण गरिएको छठघाटमा भेला भएर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
चार दिनसम्म मनाइने छठ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुनेछ । विगतमा तराई–मधेशमा मात्रै मनाउँदै आइएको छठ पर्व पछिल्लो समय देशभर मनाउन थालिएको छ ।
छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ तथा चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ ।
छठको व्रत बस्नाले दुःख कष्ठबाट मुक्ति, सन्तान प्राप्तिसँगै पारिवारिक सुख र शान्ति रहने जनविश्वास रहेको छ ।
तस्बिरहरु
टिप्पणीहरू