परराष्ट्रमन्त्री उद्घाटन र शिलान्यासमा व्यस्त (फोटो फिचर)

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा कैलालीका विभिन्न कार्यक्रममा व्यस्त हुनुभएको छ । आज बिहानदेखि जिल्लाका विभिन्न पुल र विद्यालय भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी भएका तस्बिर उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।
आज धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को जोकैया नालामा नवनिर्मित २० मिटर लामो आर.सि.सि. पुलको उद्घाटनअघि वडा नम्बर १७, दमौलियामा ८७.४ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । त्यसअघि वडा नम्ब १६ मा बेहडाबाबा माध्यमिक विद्यालय, घसिटाको ८ कोठे भवनको शिलान्यास गरिएको थियो ।
परराष्ट्रमन्त्रीले १९ नम्बर वडामा नवनिर्मित जनप्रिय आधारभूत विद्यालयको ८ कोठे भवनको उद्घाटन आजै बिहान गरिएको हो । हिजो नेपाली कांग्रेस थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा कैलारी गाउँपालिका हसुलियामा आयोजित प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गरिएको उल्लेख छ ।
तस्बिरहरु
टिप्पणीहरू