प्रधानमन्त्रीसँगै माधव नेपाल, छेउमा झलनाथ र भीम रावल

प्रधानमन्त्रीसँगै माधव नेपाल, छेउमा झलनाथ र भीम रावल

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना वामपन्थी नेता, लेखक तथा पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादीको मुख्यालय, आलोकनगर पुगेर कोइरालाको पार्थिव शरीरमा माल्यार्पण गर्नुभएको हो ।

पूर्व सांसद तथा पूर्व राजदूत समेत रहनुभएका कोइरालाको हिजो राति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री आज पहिलो पटक नेकपा एकीकृत समाजवादीको मुख्यालय प्रवेश गर्नुभएको हो ।

शुक्रबार राजावादीहरुले तोडफोड र आगजनी गरेको भवनको अवलोकन गरेपछि उहाँले केहीबेर भलाकुसारी गर्नुभएको थियो । त्यस अवसरमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँगै एमालेबाट निष्कासित नेता डा. भीम रावल सँगै देखिनुभएको हो । 

प्रधानमन्त्रीको दायाँतर्फ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि हुनुहुन्थ्यो । उहाँहरु सबै स्वर्गीय कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ पुग्नुभएको हो ।

टिप्पणीहरू