आहा,प्राकृतिक सुन्दरताले भरिपूर्ण वेस्ट लेक (फोटोफिचर)
चाइनाको हाङ्चौ शहरमा रहेको 'वेस्ट लेक' प्राकृतिक सुन्दरता र ऐतिहासिक अवशेषहरूले भरिपूर्ण छ । चिनियाँ इतिहासभर कवि र चित्रकारहरूलाई प्रभाव पारेको यो तालले हजारौं पर्यटकको मन तान्ने गर्छ । यही ताल किनार बसेर मध्यराती बिक्रम सँवत २०१६ मा सगरमाथाको स्वामित्व बिबाद टुंगो लगाएका थिए ।
बुझिएअनुसार चिनियाँ बगैंचा डिजाइनरहरूको लागि यो ताल प्रेरणाको स्रोतमध्ये एक हो । यसलाई सन् २०११ मा युनेस्कोले विश्वसम्पदा सूचीमा समेत राखेको छ ।
यो तालको रूपरेखा लगभग अण्डाकार छ भने तालको तल अपेक्षाकृत समतल छ । पहाडको दक्षिणपूर्वी किनारमा उपोष्णकटिबन्धीय क्षेत्रको उत्तरी किनारमा अवस्थित यो तालमा घुम्नको लागि दिनहुँ हजारौं पर्यटक आउने गर्छन् ।
ताजा पानीको ताल भनेर चिनिने यसमा हाँस र माछा पौडेको देख्न सकिन्छ । बिहान ढल्कँदै गएपछि वरिपरि बगैंचाले घेरेको यो तालमा रमाउँदै फोटो खिच्नेहरुको भीड लाग्छ ।
टिप्पणीहरू