विदेश पठाइदिने भन्दै ठग्ने हरि समातिए

विदेश पठाइदिने भन्दै ठग्ने हरि समातिए

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । गोगंबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत खोटाङका हरि बस्नेतलाई प्रहरी टोलीले हिजो बुद्धनगरबाट पक्राउ गरेको हो ।

स्लोभाकियाको एक प्रतिष्ठित कृषि कम्पनीमा मासिक एक लाख ३० हजार रुपैयाँ तलब पाउने गरि पठाउने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति एक लाख ५० रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

विभिन्न व्यक्तिसँग पाँच लाख रुपैयाँ लिएर आलटाल गर्न थालेपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । विभागले कार्यालयलाई पत्राचार गरेपछि खोजतलासको क्रममा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धानको निम्ति उनलाई वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाएको छ ।

टिप्पणीहरू