रित्तो चेक भिडाएर भागेकी बिष्णुमाया बचिनन्

रित्तो चेक भिडाएर भागेकी बिष्णुमाया बचिनन्

बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीया विष्णुमाया योञ्जनलाई आज सीआईबीको टोलीले टेकुबाट समातेको हो ।

उच्च अदालत पाटनले उनीविरुद्ध बैंकिङ कसूर मुद्दामा तीन दिन कैद र सात लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै योञ्जनले २०७७ साल फागुन १३ गते पीडितलाई रकम भुक्तानी गर्नका लागि एनएमबी बैंक लिमिटेडको चेक काटिदिएका थिए ।

पक्राउ परेका योञ्जनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू