बैंकिङ कसुरका फरार प्रतिवादीलाई कारागार पुर्याइयो

बैंकिङ कसुरका फरार प्रतिवादीलाई कारागार पुर्याइयो

बैंकिङ कसुर मुद्दामा १२ लाख २६ हजार जरिवाना र ७ दिन कैद तोकिएका अभियुक्त पक्राउ परेका छन् । उनलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाबाट नियन्त्रणमा लिएको हो गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजाम हुन् ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनीहरुलाई छपकैयाबाट पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला पहरी कार्यलय पर्साका प्रवक्ता (डिएसपी) प्रह्लाद कार्कीले बताए । अदालतको आदेशपछि उनीहरुलाई जिल्ला कारागार पर्सामा पठाइएको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले ठकुरलाई कैद र सजायको फैसला गरेको थियो ।

२०७६ असार ७ मा कपिलवस्तु घर भएका तिलकराम गुप्ताले सञ्चालन गरेको मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रालिसँग चितवनको भरतपुरमा दशरथले सञ्चालन गरेको गढीमाई सप्लायर्सले ४५ लाख रुपैयाँको उधारो कारोबार गरेर भागेका थिए । उनीविरुद्ध तिलकराम गुप्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

टिप्पणीहरू