बोर्डिङ स्कुलका सञ्चालक पनि ठगी धन्दामा मस्त
बाराको कलैयास्थित भरत बाबा स्कुलका सञ्चालकमाथि ठगी र कुटपिटको आरोपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । देवताल गाउँपालिका–७ घर भई हाल कलैया उपमहानगरपालिका–५ बस्दै आएका सञ्जीव यादवले उजुर गरेका हुन् ।
उनका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थी विवेक यादव र कक्षा ९ का काजल यादवलाई कुटपिट र यातना दिएको भन्दै सञ्चालक रविन थापामाथि कारबाहीको माग गरिएको हो ।
विवेक र काजलका अभिभावकलाई झैँ चर्को शुल्क लिएर उनले अन्य विद्यार्थीका अभिभावकसँग समेत ठगी धन्दा चलाएको उजुरीमा लेखिएको छ । विवेकको परिवारसँग प्रत्येक महिना पाँच हजार र वार्षिक शुल्कको नाममा तीन हजार गरी आठ हजार लिने गरेको सञ्जीवको आरोप छ ।
टिप्पणीहरू