लागुऔषध बिक्रेता र क्रेता दुवै पक्राउ

लागुऔषध बिक्रेता र क्रेता दुवै पक्राउ

चितवनमा एक जना लागुऔषध व्यापारी र खरिदकर्ता पक्राउ परेका छन् । राप्ती नगरपालिका ६ पुरवारी इलाकामा लागुऔषध कारोबार गरिरहेको अवस्थामा बिक्रेता र खरिदकर्ता दुवैलाई प्रहरीले पक्रेको हो ।

इलाका प्रहरी कार्यालय, खैरहनीबाट खटिएको टोलीले खैरहनी नगरपालिका १० बस्ने २१ वर्षे निश्चल पौडेल र २३ वर्षका शिव राईलाई रंगेहात पक्रेको हो । पौडेलले बोकी हिँडेको रातो सपिङ व्यागमा लागुऔषध डाईजेपाम २४ एम्पुल, फेनारगन २४ एम्पुल र व्युप्रिन्युफिन २४ एम्पुल पनि फेला परेको छ ।

उनीहरुलाई आजै चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान गरिएको बताइएको छ ।

लागुऔषध र चोरी मुद्दाका फरार प्रतिवादी चितवनमा फेला

चोरी, लागुऔषध मुद्दामा दोषी ठहर भई १० हजार जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादी आज चितवनमा समातिएका छन् ।

खैरहनी नगरपालिका ८ बस्ने २५ वर्षे अजय तामाङलाई फैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा आज दिउँसो फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई आजै चितवन जिल्ला अदालतमा बुझाइएको छ ।

टिप्पणीहरू