सल्यानमा बालिका बलात्कारी दुई युवा पक्राउ
१४ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटको भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र सोही ठाउँका १९ वर्षीय डिल्ली बस्नेतलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कुमाख गाउँपालिका १ शान्तिबजारस्थित आफन्तको घरमा बालिकालाई नचिनेका २ जना व्यक्ति आएर जवरजस्ती करणी गरी फरार रहेको भन्दै पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय जाजरकोटसंगको समन्वयमा भण्डारी र बस्नेतलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अभियुक्तहरु उपर जबरजस्ती करणी मुद्धामा थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू