भारतीयले काठमाण्डौसम्म लागुऔषध ओसारे
भारतीय नागरिकले धमाधम नेपालमा लागुऔषध ओसार्न थालेको पाइएको छ । आज बिहान प्रहरीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ ।
भारतको बिहार मोतिहारी बस्ने १९ वर्षीय विशाल कुमार लागुऔषधसहित पक्राउ परेका हुन् ।
वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५०१६ नम्बरको यात्रुवाहक गाडी चेक गर्ने क्रममा उनको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा चेक प्वाइन्टमा खटिएका प्रहरीले उनको झोलाबाट ४९७ एम्पुल डाइजेपा, ४९७ एम्पुल फेनेरगन, ४९७ एम्पुल नोफिन बरामद गरेको छ ।
प्रहरीले थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त,थानकोटमा राखेको छ ।
टिप्पणीहरू