जाली नोट बोकेर खाजा खान गएका प्रजापति समातिए

जाली नोट बोकेर खाजा खान गएका प्रजापति समातिए

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट नक्कली नोटसहित एक जना समातिएका छन् । सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई एक हजार दरका १३ थान नक्कली नेपाली नोटसहित हिजो पक्रेकाे हो ।

सूर्यविनायक नगरपालिका–८ स्थित खाजा पसलमा बसिरहेको समयमा प्रजापतिको साथबाट प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको टोलीले उक्त नोट भेटाएको हो ।

प्रजापतिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

टिप्पणीहरू