सम्पत्तिका लागि देवरले भाउजू छप्काए
जग्गाको विषयमा भनाभन हुँदा रुकुमपश्चिममा देवरले आफ्नै भाउजूमाथि खुकुरी प्रहर गरेका छन् । त्रिवेणी गाउँपालिका–१ की ३७ वर्षीया दिलसरा बोहरालाई उनका देवर देउकुमार खड्काले खुकुरी हानेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष सुन्दर वलीका अनुसार खुकुरी प्रहारबाट दिलसरा गम्भीर घाइते भएकी छन् । भाउजू छप्काउने ३६ वर्षीय देवर खड्कालाई प्रहरीले पक्राउ गरेको छ भने घाइते दिलसराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पणीहरू