श्रीमतीसँग सुतेका श्रीमान ओछ्यानमै मृत फेला, परपुरुषसँग मिलेर लोग्ने मारेको अभियोगमा श्रीमती पक्राउ
सोलुखुम्बुमा श्रीमान हत्याको आरोपमा एक महिला पक्राउ परेकी छिन् । दूधकुण्ड नगरपालिका-५ का ५७ वर्षीय सुब्बा कामीको हत्या गरेको आरोपमा उनकै श्रीमती ५५ वर्षीय पुरामाया विश्वकर्मा र छिमेकी ५३ वर्षीय ङिमा तामाङ पक्राउ परेका हुन् ।
सदरमुकाम सल्लेरीस्थित जैदु गाउँका कामीको गत शनिबार राति मादक पदार्थ सेवन गरी श्रीमती र छिमेकी मिलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक र उनकी पत्नी सँगै सुतेका थिए । बिहान श्रीमानको शव भेटिएपछि हत्या आशंकामा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको हो ।
कामीको मृत्युको अघिल्लो दिन साँझ छिमेकी तामाङ पनि मृतकको घरमा डोको बुनेको पैसा लिन गएको र मृतकले पैसा नदिएपछि झगडा हुँदा चिरपट र फलामको हँसियाले हानेर हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी कार्यलय, सोलुखुम्बुका प्रवक्ता राम किशोर यादवले जानकारी दिए ।
कामीको हत्या आरोपमा उनीहरूलाई पक्राउपछि जिल्ला अदालत सोलुखुम्बुबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू