घरको नून, माइतीको गुन

घरको नून, माइतीको गुन

अन्ततः जनआस्थाले गत शुक्रबार दिउँसो प्रकाशित गरेको समाचार सत्य सावित भएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्नुअघि शुक्रबार बिहान नेकपा सचिवालयको बैठक बसेको थियो । बैठकको निर्णय साँझ राष्ट्रपतिले संसदमा वाचन नगरुञ्जेल गोप्य राख्ने सहमतिसम्बन्धी समाचार जनआस्थाले दिउँसै लेखेको थियो । उक्त कुरालाई पुष्टि हुनेगरी हिजोको संसद बैठकमा भारत माइती भएकी प्रतिनिधि सभाकी एउटी माननीयले उठाएको प्रश्नबाट त्यसको कारणसमेत छर्लङ्ग भएको छ ।

उक्त बैठकमा नेपालको नयाँ नक्शा जारी गर्ने र कालापानीलगायतका नेपाली भूभाग फिर्ता ल्याउने विषय राष्ट्रपतिको सम्बोधनमा पार्ने छलफल र निश्कर्ष निकालिएको थियो । निश्कर्षलाई तत्काल प्रधानमन्त्रीले बैठकस्थलबाटै नीति तथा कार्यक्रममा निश्चित स्थानमा समावेश गर्न मुख्यसचिवलाई टेलिफोनबाट निर्देशन दिनुभएको थियो । यदि उक्त कुरालाई गोप्य नराख्ने हो भने सो विषयको भेउ पाएपछि भारतले तत्काल चलखेल गर्ने सम्भावना देखिन्थ्यो । राष्ट्रपतिले सम्बोधन गरिरहेकै बखत आफू निकटका सांसदलाई होहल्ला र बिरोध गर्न लगाउनसक्ने योजना बन्नसक्ने भएकाले उक्त निर्णयलाई अति गोप्य राखिएको जनआस्था अनलाईनले सोहीदिन प्रकाशित गरेको थियो ।

(हेर्नुहोस् उक्त समाचारको अंश)

https://45.77.42.28/?p=10592

सरिता गिरीले अन्ततः हिजो त्यहि कुरो संसदमा उठाइन् । नेपालको प्रतिनिधि सभाको माननीय सांसद संसद बैठकमा विदेशीको स्वार्थ पूरा गर्ने ढंगले प्रस्तुत भइन् । उनी एउटी प्रतिनिधि पात्र मात्र हुन् । त्यसरी नेपालको संसदको लोगो भिरेर, सांसदको सुविधा उपभोग गरेर विदेश र विदेशीको तावेदारी गर्नेहरूको संख्या अरु कति होलान् ? अरु पात्र को को होलान्  -छुट्ट्याउने  जिम्मा यहाँहरूकै । मानिसको असली पहिचान सदैब अप्ठेरो अवस्थामा गरिन्छ । ऐन मौकामा यौटा  मानिस ले अरुको औंजार बनेर बोलेको वाक्यलाई एउटा पात्रको मनको भडास मात्र ठान्न  उपयुक्त नहुने धेरैको टिप्पणी छ ।

टिप्पणीहरू