आइछाड्यो नेपालको नयाँ नक्सा

आइछाड्यो नेपालको नयाँ नक्सा 

सात वटा प्रदेश र सातसय त्रिपन्न वटै स्थानीय निकायको नामसहित नेपालको नयाँ नक्सा आज बेलुकी बसेको क्याबिनेट बैठकले अनुमोदन गरेको छ  । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री र नापी विभागका महानिर्देशक प्रकाश जोशीसहित हिजोको क्याबिनेटमा पेश गर्न पछिल्लो केहि दिनदेखि निकै व्यस्त देखिन्थे । तर, लामो छलफल भए पनि हिजो निर्णय हुन सकेन । त्यसले आजबाट मूर्त रुप पाएको छ ।

स्रोतका अनुसार हिजोको बैठकमा कानुनी र संवैधानिक व्यवस्थाको मसिनो ढंगले अध्ययन गरिएको थियो । संविधानमा लेखिएको नेपालको निशान छापमा पहिले नयाँ नक्साबमोजिम मिलाउनुपर्ने देखियो । निशान छाप संसदबाट दुई तिहाईले अनुमोदन गर्नुपर्छ । त्यसपछि मात्र नेपालको नयाँ नक्शा सार्वजनिक गर्न सकिने निचोडपछि हिजोको बैठकमा निर्णय नभएको बताइएको छ ।

सम्भवतः सरकारको नीति तथा कार्यक्रम पारित गर्ने क्रममा निशान छाप संसोधनको प्रस्तावसमेत अब संसदमा पेश हुनसक्ने बताइएको छ । उता सांसदले झुण्डाउने संसदको लोगोमा पनि नयाँ नक्शा सार्वजनिक गरेपछि तत्काल सच्चाउनुपर्ने भएको छ ।

टिप्पणीहरू