झगडा छुट्याउन गएकी जिरादेवी बितिन्
सप्तरीको डाक्नेश्वरी नगरपालिका ८, प्रवाहपट्टी टोलकी ६० वर्षीया जिरादेवी मण्डलको कुटपिटका कारण मृत्यु भएको छ ।
झगडा छुट्याउन गएकी उनीमाथि नै कुटपिट गरिएको थियो । छोरा मनोज मण्डलले साइकलमा मल बोकेर ल्याउने क्रममा गाउँका एक बालकलाई छोएपछि विवाद उत्पन्न भएको थियो ।
हात हालाहालको अवस्था उत्पन्न भएपछि आफनो छोरालाई बचाउन गएकी उनीमाथि निर्घात कुटिएको हो ।
गम्भीर घाइते भएकी जिरादेवीको गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको हो । अस्पतालमा शव पोष्टमार्टम गरिसकिएको छ । हाल घटनामा संलग्न व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू