सर्लाहीमा नक्कली नोटको बिटो र विराटनगरमा सुपारीका ८ वटा ट्रक

सर्लाहीमा नक्कली नोटको बिटो र विराटनगरमा सुपारीका ८ वटा ट्रक

नेपाल प्रहरीले हिजो सर्लाहीमा नक्कली नोटसहित भारतीय नागरिकलाई पक्रेको छ । ५० हजार नेपाली नक्कली नोटसहित ४० वर्षीय लालमोहन पासवानलाई हरिवन नगरपालिका–११, हरिवन बजारबाट पक्रिएको हो ।

स्थानीय कार्की पुस्तक पसल अगाडिबाट उनी पक्राउ परेका हुन् । नक्कली नोट समातिएको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

उता विराटनगरमा प्रहरीले अवैध सुपारी बोकेको आठ वटा भारतीय ट्रक समातेको छ । जिल्ला प्रहरीको टोलीले अवैध सुपारी बोकेको एमपी ०९ एचजी ८३२०, एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपि ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८, युपी ६२ सिटी ०६२७ र युपी ४५ टिआई ६२४ सहित आठ वटा भारतीय नम्बरका ट्रकलाई नियन्त्रणमा लिएको हो ।

कूल दुई लाख १९ हजार ५९६ किलोग्राम सुपारीसहित ती ट्रकलाई विराटनगर महानगरपालिका–१८ बाट नियन्त्रणमा लिइएको हो ।

टिप्पणीहरू