कराते प्रशिक्षकहरुद्वारा सामूहिक बलात्कार
१९ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ । युवती बलात्कार आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३, का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार पक्राउ परेका दुवै कराते प्रशिक्षक हुन् । राउत राष्ट्रिय खेलकुद परिषद् मोरङ र सुवेदी संखुवासभाका प्रशिक्षक हुन् । होटलमा लगेर आफूलाई दुई जनाले बलात्कार गरेको युवतीले जाहेरी दिएपछि उनीहरुलाई अस्ति पक्राउ गरिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू