बालिका करणीमा पाँचथरका एक पक्राउ

बालिका करणीमा पाँचथरका एक पक्राउ

पाँचथरमा एक बालिका बलात्कृत भएकी छन् । फरक क्षमताकी नौ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

फाल्गुनन्द गाउँपालिकाकी बोल्न र लेख्न नसक्ने बालिकालाई गत असार ३२ गते उनकी आमाले बाटोमा रगतपच्छे अवस्थामा फेला पारेकी थिइन् ।

भोलिपल्ट परिवारले स्थानीय स्वास्थ्यकर्मीलाई देखाउँदा बलात्कार भएको खुलेको हो ।

प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा फाल्गुनन्द–७ का १९ वर्षीय एमन सिवाले बालिकामाथि जबरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सिवालाई हिजो पक्राउ गरी जबरजस्ती करणी मुद्दामा पाँचथर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको पाँचथर प्रहरीले जनाएको छ ।

टिप्पणीहरू