ठमेलमा पनि चिनियाँ पक्राउ
अवैध व्यवसायमा संलग्न भएको आरोपमा काठमाडौंको ठमेलबाट चार जना चिनियाँ पक्राउ परेका छन् । ज्याठामा सञ्चालित ’कल सेन्टर’ मा प्रहरीले छापा मार्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरु बसेको होटलमा सञ्चालित कल सेन्टरमा छापा मार्दा चिनियाँहरु समातिएको बताएको छ ।
प्रहरीले उनीहरुको साथबाट चार सय ७२ थान मोबाइल र २६ थान ल्यापटप पनि बरामद गरेको छ ।
पछिल्लो समय कल सेन्टरका नाममा अवैध आर्थिक कारोबार गर्नेहरु धमाधम पक्राउ परिरहेका छन् । यसअघि काठमाडौँ, तीनकुने र बुटवलमा पनि प्रहरीले छापा मारेर धेरैलाई पक्राउ गरेको थियो ।
टिप्पणीहरू