चितुवाको छाला धानबारीमा, काडेका दुई जना खोरमा
कञ्चनपुरको कृष्णपुरमा चितुवाको छालासहित दुई जना समातिएका छन् । कृष्णपुर नगरपालिका–३, देखतभुलीबाट दुई थान चितुवाको छालासहित उनीहरुलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका–३, काडे घर भएकी ४० वर्षीया मालती मल्ल सेठ्ठी र सोही नगरपालिका–२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की हुन् ।
विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उक्त छाला धानबारीमा लुकाएर राखेको अवस्थामा फेला परेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू