गणतन्त्र दिवसमा कैद माफीमा छुटेकाले फेरि खुकुरी प्रहार गरे

गणतन्त्र दिवसमा कैद माफीमा छुटेकाले फेरि खुकुरी प्रहार गरे

गत वैशाखमा चितवनको खैरहनीमा खुकुरी प्रहार गरेर भागेका सोचेन्द्र राईलाई प्रहरीले काठमाडौंमा पक्रेको छ । उतले गत वैशा २४ गते मध्यरातमा खैरहनी ६, सुनगाभाटोलका ३५ वर्षे कुमार थापा मगरलाई निजकै घरमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

राई उक्त घटनाका मुख्य अभियुक्त हुन् । चितवनकै राप्ती नगरपालिका ४ खहरेपुल बस्ने वर्ष ३० का यक्स भन्ने सोचेन्द्र राई घटनापछि फरार भए । जिल्ला अदालत चितवनले असार २७ गते पक्राउ पूर्जी जारी गरेको थियो ।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले हिजो राईलाई काठमाण्डौको तारकेश्वर १० मनमैजुबाट खुकुरी एक थान, मोबाइल सेट सात थान र टेलिफोनका सिमकार्ड नौ थानसहित फेला पारेर जितवन जिल्ला अदालतसमक्ष पेश गरिएको हो ।

राई विगतमा समेत अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ । उनी यसअघि कर्तव्य ज्यान–१, डाँका–१, चोरी–३ गरी पाँच वटा मुद्दामा संलग्न थिए । पटक पटक कारागारमा कैद बसेर पछिल्लो पटक ११ वर्ष कारागारमा कैद भुक्तान गरेका उनी अघिल्लो वर्ष जेठ १५ गतेका दिन गणतन्त्र दिवसमा छुटेका थिए ।

टिप्पणीहरू