बौद्धमा खुलमखुल्ला कछुवा बिक्री

बौद्धमा खुलमखुल्ला कछुवा बिक्री

राजधानीमा पछिल्लो समय संरक्षित जीवजन्तु बिक्रीको अवैध कारोबार बढेको छ । बौद्धमा दुई दर्जन छत कछुवा बेचबिखन गरेको आरोपमा दुई युवक समातिएका छन् । बौद्धको सिद्धार्थ ओरालो नजिकैबाट २३ वटा छत कछुवासहित उनीहरुलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा टोखा नगरपालिका ३ टोखाका २१ वर्षीय रमेश डंगोल र सोही स्थान बस्ने सुनसरीको बह्राक्षेत्र नगरपालिका ९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर हुन् ।

उक्त स्थानमा छत कछुवा बिक्री भइरहेको खबरको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट २३ थान जिवित कछुवा फेला परेको हो ।

टिप्पणीहरू