१५ वर्षीया किशोरी बलात्कृत

१५ वर्षीया किशोरी बलात्कृत

सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्रकुमार सदाय हुन् ।

इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीका अनुसार उनले ती अस्ति राति किशोरी आफ्नै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेका हुन् ।

जितेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू