श्रीमती फसाउने,श्रीमान नक्कली प्रहरी बनेर धम्काउने

श्रीमती फसाउने,श्रीमान नक्कली प्रहरी बनेर धम्काउने

सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी ठूलो रकम बार्गेनिङ गर्ने श्रीमान–श्रीमतीलाई प्रहरीले समातेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई हिजो नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई हाल भक्तपुरको बालकोट बस्ने शेखर बास्तोला र रोजिना राउत रहेका छन् । रोजिनाले फेसबुकमार्फत पुरुषसंग अश्लिल कुराकानी गर्ने अनि सोही कुराकानीलाई आधार बनाई पीडितसंग ठूलो रकम मागेर ब्ल्याकमेलिङ गर्ने काम हुँदै आएको प्रहरीको भनाइ छ ।

शेखरले भने आफू साईबर व्यूरोको प्रहरी निरीक्षक भएको भनी थर्काउने गरेको पाइएको छ । पीडितलाई डरधम्की देखाएर ठूलो रकम माग्ने र नदिएको खण्डमा मानसिक हैरानी दिने प्रहरीले जनाएको छ । उनीहरुले दुःख दिएको भन्दै पीडित पक्षले कार्यालयमा उजुर दिएको थियो ।

सोही उजुरीको आधारमा प्रहरीले खोजतलास शुरु गरेको थियो । हाल उनीहरुलाई आपराधिक लाभ मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू