मादक पदार्थ सेवन गरेर स्कुल बस हाँक्नेहरु कारवाहीमा
मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्कुल बस चलाउने ती चालकलाई आज बिहान ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत आइतबारदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनलाई कारबाही तथा सचेत गराउने अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत ती चालकलाई कारबाही गरिएको हो ।
ट्राफिक प्रहरीका अनुसार उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा थप ११ स्कुल बसका चालकलाई विभिन्न कसूरमा नियमानुसार कारबाही गरिएको छ । आगामी दिनमा चेकजाँच अभियानलाई निरन्तरता दिइने प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
टिप्पणीहरू